काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन ०८२ जेठ १ देखि ४ गतेसम्म हुने भएको छ ।
०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन रहेको छ ।
सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।










