२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि पदाधिकारीकै हैसियतमा सहभागी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ ।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन् । बैठकमा उनी पार्टी पदाधिकारीकै हैसियतमा सहभागी भएका हुन् ।

पुन गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए । त्यहाँ उनी उपाध्यक्षको रोलक्रममा बसेका थिए ।

सक्रिय राजनीतिमा फर्किने चर्चाकाबीच केन्द्रीय समिति बैठकमा सहभागी भएका पुन त्यसअघिको एक पदाधिकारी, एक स्थायी कमिटी बैठकमा पनि सहभागी भइसकेका थिए ।

पुनलाई सक्रिय राजनीतिमा फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै लागिपरेको बुझिन्छ । उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नहुने भन्ने आलोचनामा अध्यक्ष दाहालले पुन आफ्नै चाहनाले राजनीतिमा फर्किन लागेको प्रतिक्रिया दिएका थिए ।

पुनलाई पार्टी उपाध्यक्ष बनाउने अध्यक्ष दाहालको चाहना रहेको बताइन्छ ।