११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

भारत र इंग्ल्याण्डबीचको खेलमा बनेका रेकर्डहरु, धेरै कीर्तिमान अभिषेकको नाममा

भारत र इंग्ल्याण्डबीचको खेलमा बनेका रेकर्डहरु, धेरै कीर्तिमान अभिषेकको नाममा
अ अ+ अ-

एजेन्सी । अभिषेक शर्माको कीर्तिमानी १३५ रनको इनिङमा भारतले पाँचौं टी–२० मा इंग्ल्याण्डलाई १५० रनले पराजित गरेको छ ।

२४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोली भारतीय बलरको अगाडि टिक्न सकेन र १०.३ ओभरमा ९७ रनमा अलआउट भयो ।

आइतबार अभिषेक शर्माको नाममा कीर्तिमानी दिन रह्यो । अभिषेक भारतका लागि टी–२० इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने ।

उनी भारतका लागि एक इनिङ्समा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने खेलाडी पनि बने ।

अभिषेक भारतका लागि सबैभन्दा छिटो अर्धशतक र शतक बनाउने दोस्रो ब्याट्सम्यान भए ।

खेलमा बनेका कीर्तिमानहरुः
टी–२० आईमा इंग्ल्याण्डको सबैभन्दा ठूलो हार
इंग्ल्याण्डले रनको हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ । भारतले इंग्ल्याण्डलाई १५० रनले पराजित गर्यो । टी–२० मा भारतको यो दोस्रो ठूलो जित हो । यसअघि टोलीले २०२३ मा अहमदाबादको मैदानमा न्यूजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो ।

सञ्जु खेलको पहिलो बलमा छक्का प्रहार गर्ने तेस्रो भारतीय खेलाडी
ओपनर ब्याट्सम्यान सञ्जु सामसन टी–२० आईको पहिलो बलमा छक्का प्रहार गर्ने तेस्रो भारतीय बनेका छन् । उनले जोफ्रा आर्चरको पहिलो बलमा छक्का प्रहार गरे । यसअघि यशस्वी जैसवालले जिम्बाब्वेका सिकन्दर रजा र रोहित शर्माले इंग्ल्याण्डका आदिल रसिदको पहिलो बलमा छक्का प्रहार गरेका थिए ।

अभिषेकको टी–२० आईमा भारतका लागि दोस्रो सबैभन्दा छिटो अर्धशतक
ओपनर अभिषेक शर्माले १७ बलमा अर्धशतक बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने भारतका दोस्रो ब्याट्सम्यान बने । पहिलो स्थानमा रहेका अभिषेकको रोल मोडल युवराज सिंह हुन्, जसले २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।यस इनिङ्समा उनले स्टुअर्ट ब्रोडको एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

भारतले पावरप्लेमा आफ्नो उच्च स्कोर बनायो
भारतले आइतवार टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डविरुद्धको खेलमा आफ्नो उच्च पावरप्ले स्कोर बनायो । टोलीले ६ ओभरमा एक विकेट गुमाएर ९५ रन बनाएको थियो । यसअघि २०२४ मा टोलीले बंगलादेशविरुद्ध ८२र१ रन बनाएको थियो ।

भारतका लागि अभिषेकले दोस्रो छिटो शतक बनाए
मुम्बईको वानखेडे स्टेडियममा अभिषेक शर्माले ३७ बलमा शतक पूरा गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने भारतका दोस्रो खेलाडी बनेका छन् । उनीभन्दा अगाडि रोहित शर्मा मात्र छन्, जसले सन् २०१७ मा श्रीलंकाविरुद्ध इन्दौरको होल्कर स्टेडियममा ३५ बलमा शतक बनाएका थिए ।

अभिषेकले भारतका लागि पावरप्लेमा सर्वाधिक रन बनाए
अभिषेक शर्मा एकै टी–२० अन्तर्राष्ट्रिय इनिङ्सको पावरप्लेमा सर्वाधिक रन बनाउने भारतीय बने । उनले इंग्ल्याण्डविरुद्ध अर्धशतक प्रहार गर्दा ५८ रन बनाएका थिए । अभिषेकले ५४ बलमा १३ छक्का प्रहार गर्दै १३५ रनको इनिङ खेले । यशस्वी जैसवालले २०२३ मा अस्ट्रेलियाविरुद्धको पावरप्लेमा ५३ रन बनाएका थिए ।

अभिषेकले टी–२० मा भारतको लागि उच्चतम व्यक्तिगत स्कोर बनाए
अभिषेक टी–२० इनिङ्समा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले १३५ रनको द्रुत इनिङ खेले । यसअघि शुभमन गिलले २०२३ मा न्युजिल्यान्डविरुद्ध अविजित १२६ रन बनाएका थिए ।

अभिषेकले इनिङ्समा १३ छक्का प्रहार गरे
अभिषेक भारतका लागि टी–२० इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले आफ्नो पारीमा १३ छक्का प्रहार गरेका थिए । यसअघि यो कीर्तिमान रोहित शर्माको नाममा थियो । रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै १० छक्का प्रहार गरेका थिए ।

चक्रवर्तीको सिरिजमा १४ विकेट
वरुण चक्रवर्ती कुनै पनि द्विपक्षीय शृङ्खलामा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बने । यसअघि उनले सन् २०२४ मा प्रोटिजविरुद्ध १२ विकेट लिएका थिए । इङ्ल्यान्ड विरुद्धको ५ म्याचको सिरिजमा वरुणले १४ विकेट लिएर आफ्नो कीर्तिमानमा सुधार गरे ।