४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला टी–२० विश्वकपः भारत लगातार दोस्रो पटक च्याम्पियन



अ+ अ-

एजेन्सी । भारतले लगातार दोस्रो पटक महिला यू–१९ टी–२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो प्रतियोगिता पनि भारतले जितेको थियो ।

क्वालालम्पुरमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो र २० ओभरमा ८२ रन बनाएर अलआउट भयो ।

जवाफमा भारतीय टोलीले ११.२ ओभरमा १ विकेट गुमाएर ८३ रनको लक्ष्य पुरा गरेको थियो ।

जी त्रिशाले ३३ बलमा ४४ रनको इनिङ खेलिन् । उनले ३ विकेट समेत लिए । त्रिशा फाइनल अफ दी प्लेयर भइन् । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भइन् । त्रिशाले आफ्नो अवार्ड बुवालाई समर्पित गरिन् ।