११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार
अ अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।

ललितपुरमा आईतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

ललितपुरले शिर्ष डिभिजनका पाँच क्लव थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लवलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो ।

विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लव ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो ।

चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लव च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लवलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोर्टस, झम्सीखेल युथ र सानेपा क्लवलाई पनि सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शिर्ष डिभिजनमा पुग्ने क्लवलाई २० लाख रुपैयाँ दिन बताउनु भयो । उहाँले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गर्नुभयो ।

फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी वर्ष ‘ए’ डिभिजन क्लवमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताउनु भयो ।

एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भुमिका पनि महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।