३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या



अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ ।
पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो ।
 
प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो ।
त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ ।
 
सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो । 
सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।
 
अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । उक्त समाचारका अनुसार बागदिस  जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ ।
 
तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ ।