२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ



अ+ अ-

एजेन्सी । संसारमा यस्ता धेरै पुलहरू छन् जुन आफ्नो सुन्दरता र अद्भुत इन्जिनियरिङका लागि परिचित छन् । यी पुलहरूले यातायातलाई मात्र होइन वास्तुकलाको उत्कृष्ट उदाहरणहरू पनि प्रदान गर्दछ ।

तर कतिपय पुलहरु यस्ता छन् जसले आफ्नो खतरनाक डिजाइनका कारण मानिसको मनमा आतंक मच्चाउँछन् । यी पुलहरूमा हिड्नु कुनै रोमाञ्चक भन्दा कम छैन ।

१. हुसैनी ह्याङ्गिङ ब्रिज, पाकिस्तान


हुसैनी ह्याङ्गिङ ब्रिजलाई विश्वकै खतरनाक पुलमध्ये एक मानिन्छ । यो पुल पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रमा अवस्थित छ । यो पुल डोरीले बनेको छ र यसमा हिड्नु पर्ने हुन्छ, जुन निकै गाह्रो काम हो । कमजोर मुटु भएकाहरूका लागि यो निकै खतरनाक हुन सक्छ ।

२. केरिक–ए–रेड रोप ब्रिज, बेलायत


केरिक–ए–रेड रोप ब्रिज उत्तरी आयरल्याण्डमा बनेको प्रसिद्ध डोरी पुल हो । यो पुल २० मिटर लामो छ र तलको चट्टानभन्दा ३० मिटर माथि छ । यो पुलले विश्वभरबाट लाखौं पर्यटकहरूलाई आकर्षित गर्दछ ।

३. ट्रिफ्ट ब्रिज, स्वीट्जरल्यान्ड


ट्रिफ्ट ब्रिज विश्वको सबैभन्दा खतरनाक पुलमध्ये एक हो । यो पुल करिब १०० मिटर अग्लो र १७० मिटर लामो छ । समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइमा बनेको यस पुलबाट हिमनदीलाई नजिकबाट देख्न सकिन्छ ।

४. लिभिङ रूट ब्रिज, भारत


लिभिङ रूट ब्रिजहरू मेघालयमा अवस्थित छन् र भारतको सबैभन्दा खतरनाक पुलहरू मध्ये एक हो । रुखको जराबाट बनेका यी पुलहरू निकै सुन्दर देखिन्छन् तर त्यसमाथि हिड्नु निकै खतरनाक हुन्छ ।

५. घासाको झलुङ्गे पुल, नेपाल


घासाको झलुङ्गे पुल नेपालमा बनेको डरलाग्दो पुल हो । यो पुल तल नदीबाट धेरै उचाइमा अवस्थित छ र धेरै साँघुरो छ । यो पुलमा हिड्नु खतरनाक भन्दा कम छैन ।