७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड

साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड
अ+ अ-

काठमाडौँ, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा देखिएको वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नेता तथा नागरिकलाई संयमित हुन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा तराई–मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिले आरोपप्रत्यारोप र तत्काल मूल्याङ्कन गर्नेभन्दा पनि हिंसा नफैलियोस् भन्नेमा सबैपक्ष केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा बोलिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीले शान्ति कायम गर्न सहयोग पुग्ने खालको हुनुपर्ने उल्लेख गर्दै हिंसा भड्काउने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्‍याउनुपर्ने बताउनुभयो ।

“अहिले समय मूल्याङ्कन गर्ने होइन, हिंसा नफैलियोस् र सद्भाव कायम रहोस् भन्नेमा सबै संयमित हुन आवश्यक छ । हामीले बोलेका शब्दले शान्ति कायम गर्न सहयोग गर्नुपर्छ, हिंसा बढाउने होइन”, उहाँले भन्नुभयो, “अहिले मेरो अपिल सबै राजनीतिक दलका नेताहरूलाई छ । हामीलाई सुन्ने, मान्ने र विश्वास गर्ने जनसमुदायलाई शान्ति, सद्भाव र संयमको सन्देश दिनुपर्छ । त्यो अपिल बस्ती–बस्ती, टोल–टोलसम्म पुग्नुपर्छ । आमनागरिकले बुझ्ने गरी अहिले एकआपसमा लड्दा त्यसको असर सबैलाई पर्छ, कसैले जित्दैन भन्ने कुरा बुझाउनुपर्छ ।”

मानिस मानिससँग डराउने अवस्था सिर्जना हुन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने बताउँदै सभापति लामिछानेले अहिले साम्प्रदायिक हिंसा कसरी उत्पन्न भयो भन्ने समीक्षा गर्नेभन्दा पहिले आगो निभाउने काममा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । समय आएपछि राजनीतिक र नैतिक जिम्मेवारीबारे समीक्षा गर्न सकिने उहाँको भनाइ थियो । साथै, उहाँले आफ्ना परिवारका सदस्यलाई अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा राख्न आग्रह गर्नुभयो ।

छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बैठकमा शान्ति, सद्भाव कायम राख्ने र अफवाह फैलिन नदिने विषयमा जोड दिइएको बताउनुभयो । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले न्याय, शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम गराउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

देशको पछिल्लो परिस्थितिबारे छलफल गर्न आयोजित बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका नेता समिम अन्सारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस