७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो

भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो
अ+ अ-

जापान। ठूलो भूकम्पपछि विस्फोटले ध्वस्त भएको जापानको एक ‘सपिङ मल’भित्र फसेका २५ बिरालालाई उद्धार गरिएको जापानी उद्धारकर्मीहरूले बिहीबार जनाएका छन् । यसले सामाजिक सञ्जालमा ठूलो प्रशंसासँगै राहतको लहर छाएको छ ।

नर्वेली बिरालाहरू मोमो, कोहाकु, ताङ्गो, स्यान्डी अन्य बिरालाहरू मङ्गलबार ७.१ म्याग्निच्यूडको घातक भूकम्प जाँदा काशिमाको एओन मलको भुइँ तलामा रहेको क्याट क्याफे ‘मोफ्फ’मा थिए।

क्याफेका सञ्चालकहरूले भनेका छन्, “मल खाली गरिएको थियो र कर्मचारीहरू बिरालाहरू लिन फर्किएका बेला ग्यासबाट हुनसक्ने ठूलो विस्फोटको हल्ला भवनभरि फैलियो । त्यसपछि कर्मचारीहरू ‘हतारहतार भागे’।”

अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी कुमामोतो क्षेत्रका भूकम्पमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।

बुधबार दमकल सेवा, प्रहरी र मल सञ्चालकको अनुमति लिएर ‘मोफ्फ’का व्यवस्थापक भवनभित्र प्रवेश गरे र सबै २५ बिरालालाई सुरक्षित उद्धार गरे । बिरालाहरूलाई कुनै चोट लागेको थिएन ।

सोही दिन राति करिब १० बजे ती बिरालाहरूलाई जापानको पश्चिमी हिरोसिमा सहरमा सुरक्षित पु¥यायएको छ, त्यहाँ कम्पनीको अर्को क्याट क्याफे छ ।

“कुमामोतोबाट लामो यात्राका कारण थकानको चिन्ता थियो, तर आइपुगेपछि हामीले प्रत्येकलाई व्यक्तिगत हेरचाह दियौँ,” क्याफे सञ्चालकले भनेका छन् ।

सञ्चालकले भने, “अहिले बिरालाहरू ‘शान्त र स्थिर’ रूपमा समय बिताइरहेका छन्।” ‘लाइभडोर न्यूज’ ले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको बिरालाहरूको चमत्कारी उद्धारबारेको अनलाइन समाचार लेखलाई ७९ लाख व्यक्तिले हेरेका छन् ।

एक प्रयोगकर्ताले इन्स्टाग्राममा लेख्नुभएको छ, “मानिसहरू भन्छन् कि मानवीय जीवन पहिले आउँछ, तर मानवीय जीवन र बिरालाको जीवन दुवै समान रूपमा मूल्यवान छन् । सबै सुरक्षित भएकोमा खुशी छु।”

जापानमा क्याट क्याफे, ‘हेजहग’ देखि साना सुँगुरसम्म पाल्तु जनावरहरूसँग खेल्न सकिने अन्य यस्तै प्रतिष्ठानहरू भने विवादास्पद छन्।

“सम्भव भएसम्म तिनीहरूलाई फेरि क्याट क्याफेमा नपठाई अपनाउने घरहरू खोजिदिनुहोस् जहाँ उनीहरू प्रेमले सुरक्षित र सुनिश्चित जीवन बाँच्न सकून्,” अर्का प्रयोगकर्ताले इन्स्टाग्राममा लेखेका छन् ।

मलमा सात शव फेला परेको मानव क्षतिको सट्टा जनावरहरूमा मानिसहरूको ध्यान केन्द्रित भएको भन्दै पोष्टमा आलोचना पनि गरिएको छ । (रासस/एएफपी)