१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

पाँच महिनाको मुलुकको अर्थतन्त्र अझ संकटग्रस्त

पाँच महिनाको मुलुकको अर्थतन्त्र अझ संकटग्रस्त
नेपाल राष्ट्र बैंक
अ अ+ अ-

काठमाडौं । नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।  गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरु बिग्रिँदै गएको देखिएको हो । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन  । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा  १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै  ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो ।  ५ महिनाको अवधिमा ४५ अर्बले  शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १ सय ९५ अर्ब घाटामा गएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा लगातार रुपमा शोधनान्तर घाटामा गइरहेको छ ।  

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले वचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा चालु खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता चालु आवको ५ महिनामा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।

मंसिरसम्ममा पूँजीगत ट्रान्सफर २.४ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालु आर्थिक वर्षमा निरन्तर रुपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको  विवरण अनुसार मंसिरसम्म सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ । अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ ।  चालु आर्थिक वर्षमा मात्र सञ्चिति १ खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा वैैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढेपनि गत वर्षको सोही अवधिको भन्दा घटेको छ । गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपी गत वर्षकोे मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।

यसरी चालु आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्याँक अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ । रेमिट्यान्स गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५ र मंसिरमा ६.८ प्रतिशत घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई २ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशत बढेको थियो ।

तर, यता चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो पाँच महिनामा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांक अनुसार निर्यात १०५.६ प्रतिशतले बढेर १०२ अर्ब ९२ करोडले निर्यातमा वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक अनुसार भारतमा १३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८.५ प्रतिशतले वृद्धि भएको छ । अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १.४ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, आर्थिक वर्षको पाँच महिनामा कूल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात÷आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

यता, चालु आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी (कर्जा प्रवाह) ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३०.१ प्रतिशत छ ।

त्यस्तै, चालु वर्षको मंसिर महिनामा नेपालको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ७.११ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोहि महिनाको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७७ को मंसिरमा नेपालको मूल्य बृद्धिदर २.९३ प्रतिशत रहेको थियो ।