२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा पहिलो ओमिक्रोन मामिला फेला



अ+ अ-

बेइजिङ । शीतकालीन ओलम्पिक खेलकुद आयोजना हुन लागेको केही साताअघि चिनियाँ राजधानी बेइजिङमा स्थानीय रूपमा पहिलो ओमिक्रोन केस फेला परेको अधिकारीहरूले बताएका छन्।

सरकारी टेलिभिजनले शनिबार नयाँ कोभिड सङ्क्रमण ओमिक्रोन स्ट्रेनका रूपमा पहिचान गरिएको बताएको थियो।

“ल्याब परीक्षणले व्यक्तिमा ‘ओमिक्रोन भेरियन्टको लागि विशिष्ट उत्परिवर्तन’ फेला पार्यो”, सहरको रोग नियन्त्रण प्राधिकरणका एक अधिकारी प्याङ सिङ्हुओले एक समाचार ब्रिफिङमा ​भने।

यो घोषणा दक्षिणी शहर झुहाईले आफ्ना बासिन्दाहरूमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि आएको छ । सो सामूहिक परीक्षण अभियानले सातवटा सङ्क्रमण पत्ता लगाएको थियो।

चीनले ओमिक्रोन संस्करणसहितको कोरोना भाइरस प्रकोपलाई नियन्त्रण गर्ने प्रयासस्वरुप हालैका सातामा देशभरका लाखौँ मानिसलाई घरमा बस्न आदेश दिएको छ । साथै त्यहाँ धेरै घरेलु उडान रद्द गरिएका छन् र कारखानाहरू बन्द भएका छन् । बेइजिङमा शीतकालीन ओलम्मिब फेब्रुअरी ४ देखि सुरु हुँदैछ । 

प्यासिफिक युनिभर्सिटीको राजनीति र सरकार विभागका प्राध्यापक र अध्यक्ष जुल्स बोयकोफले त्यस्ता प्रतिबन्धका उपायका बाबजुद खेलाडीहरुमा ओमिक्रोनको फैलावटलाई नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिएका छन् ।