३१ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नु भएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताउनु भएको छ । 

संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसका मुख्य सचिव मार्क मेडोसले यस बारेमा पत्रकारहरुलाई जानकारी दिनुभएको हो । उहाँले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको पनि स्पष्ट पार्नुभयो । 

संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् । 
महासभामा विश्वका ११९ जना राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको पत्रकारहरुसँग बताउनुभएको थियो । तर त्यो योजना अहिले परिवर्तन भएको हो ।

कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो ।