२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको मतगणना आजै हुने



अ+ अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो । अहिले कुन प्रदेशमा कति मत खस्यो भन्नेबारे संकलन भइरहेको प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।

पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय, सदस्य, केन्द्रीय निकायका छुट्टा छुट्टै मतपत्र रहेकाले सबै मत सङ्कलन भएपछि मत परिणाम सार्वजनिक तयारी रहेको प्रधानले बताए ।

उनका अनुसार प्रत्येक प्रदेशमा मतगणना हुनेछ । २३९८ मतदाता रहेकोको करिब ५५ देखि ६० मत खसेको अनुमान गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको लागि निर्वाचन भएको हो ।

अध्यक्ष पदका लागि चार जना मैदानमा छन्। चारै जनालाई माओवादीको केन्द्रीय पदाधिकारी तहका छुट्टाछुट्टै नेताहरुको समर्थन छ।अध्यक्षका उम्मेदवार उपदेश यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विजयप्रकाश सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल उपमहासचिव वर्षमान पुन र हेमन्त राई उपमहासचिव जनार्दन शर्मानिकटका हुन्।