१४ माघ २०८१, सोमबार
,
Latest
सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरीः अर्थमन्त्री पौडेल चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि ३९ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध नुन र मुटु रोगको सम्बन्ध टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने, संसद्को क्यालेन्डर तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफलाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि उचालेको हो ।

सुदूरपश्चिममाथि एपीएफले ९ विकेटले जित निकाल्यो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले २–२ तथा करुणा भण्डारीले १ विकेट लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले योसँगै सातौंपटक प्रतियोगिताको उपाधि जित्न सफल रह्यो ।