१६ श्रावण २०८३, शनिबार
,
Latest
एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि एपीएफलाई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि उचालेको हो ।

सुदूरपश्चिममाथि एपीएफले ९ विकेटले जित निकाल्यो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले २–२ तथा करुणा भण्डारीले १ विकेट लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले योसँगै सातौंपटक प्रतियोगिताको उपाधि जित्न सफल रह्यो ।