१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा, यातायात सहज भएपछि खुम्बुमा विदेशी पर्यटक वृद्धि

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा, यातायात सहज भएपछि खुम्बुमा विदेशी पर्यटक वृद्धि
अ अ+ अ-

सोलुखुम्ब । सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताउनु भएको छ । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ ।

सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको ख तर्फका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको बताउनु भयो । सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको बताउनु भयो । उहाँले एक किरेट अण्डाको मूल्य ७ सय पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको बताउनुभयो । मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ता कपडा समेत सस्तो भएको भन्दै हवाई उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भिड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका उहाँको भनाई  छ ।

उहाँले कोरोना महामारीको कारण घटेको पर्यटक पुल निर्माण भएसँगै वृद्धि भएको बताउनुभयो । सांसद् भण्डारीले भन्नुभयो,‘ पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको छ । मोटरेबल पुल नहुँदा खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको छ । अझ खुम्बु गाउँपालिका सम्म सडक निर्माण भएको छैन । सडक नपुगेको स्थानमा अहिले पनि एउटा खाना पकाउने ग्याँस सिलिण्डरको ४५ सय रुपैयाँ रहेको छ । त्यहाँसम्म मोटर बाटो पुग्ने हो भने ४५ सय रुपैयाँ पर्ने ग्यासको मूल्य २ हजार सम्म आउने थियो । त्यसको पहल हामीले गरिरहेका छौं ।

त्यस्तै सडकमा पुलनिर्माण भएसँगै एक किरेट अण्डाको मूल्य ७ पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको थियो । मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तु देखि लिएर लत्ता कपडा समेत सस्तो भएको छ । त्यस्तै, हवाई उडान प्रभावित भएर लुक्ला विमानस्थलमा भिड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका छ । विमान उडान प्रभावित हुँदा पनि पर्यटकहरु गाडीमा जान सक्ने अवस्था बनेको छ । कोरोना महामारीको कारण घटेको पर्यटक पुल निर्माण भएसँगै पर्यटकमा वृद्धि भएको छ । विश्वको अग्लो हिमाल सगरमाथामो चुचुरोमा पुग्नको निम्ति आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पुल निर्माणले सहजता बनाएको छ ।’

त्यस्तै खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको बताउनु भयो । उहाँले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतको लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको तर गरिब जनताको पँहुज नपुग्नेको लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।

राईले भन्नुभयो,‘ पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको छ । सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतको लागि हवाइ उडान मार्फत गर्नु अवस्था रहेको तर गरिब जनताको पँहुज नपुग्नेको लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको छ । पुल निर्माणले पर्यटन क्षेत्रको विकास तथा स्थानीयबासीलाई व्यवसायी बनाउन सहयोग गर्ने छ ।’

खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाहरुको भनाई छ ।