• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

बर्तालुको नाम टिपाउने कार्य बन्द



काठमाडौँ । ऐतिहासिक धार्मिक तीर्थस्थल शालिनदी परिसरमा सञ्चालन हुने श्री माधवनारायण व्रतका लागि बर्तालुको नाम टिपाउने काम बन्द गरिएको छ । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने मेलाका क्रममा सञ्चालन हुने श्री माधवनारायण व्रतको नाम टिपाउने काम कोरोना महामारीका कारण बन्द गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । 

समितिले व्रत बस्ने बर्तालुहरुको सीमित सङ्ख्या मात्र राख्ने निर्णय भएकाले कोभिड–१९ खोप लगाएकालाई मात्र बस्न दिइने र सीमित सङ्ख्या पुगिसकेकाले अब बर्तालुको नाम नटिप्ने जनाएको हो । 

त्यस्तै समितिले शालिनदी मेला भर्न आउनेले अनिवार्य खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको छ । साँखुमा श्री माधवनारायण स्वस्थानी व्रत, नित्य पूजा र धार्मिक प्रक्रियामात्र पुर्याइने जनाइएको छ ।