१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा पोर्चुगीज क्लब बेन्फिकामाथि ५–४ गोलको रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम आठको स्थान पक्का गर्दै अन्तिम १६ मा पुगेको हो । शीर्ष आठ टोलि सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् भने ८ टोलि प्लेअफबाट आउनेछन् ।

बार्सिलोनालाई रोमाञ्चक जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई दुई गोल गरे भने एक गोल एरिक गार्सियाले थपे ।

घरेलु टोलि बेन्फिकाका भान्गेलिस पाभिल्डिसले ह्याट्रिक गरेपनि टोलिको हार टार्न सकेनन् । उनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै बेन्फिकालाई सुरुवाती अग्रता दिलाएका थिए ।

१३ औं मिनेटमा बार्सिलोनाका लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसलगत्तै २२ औं र ३० औं मिनेटमा (पेनाल्टी) गोल गर्दै पाभिल्डिसले ह्याट्रिक पूरा गर्दा बेन्फिका ३–१ ले अघि बढ्यो ।

६४ औं मिनेटमा राफिन्हाले तथा ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा बार्सिलोना ३–३ को बराबरीमा आयो ।

६८ औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराओले आत्मघाती गोल गरेपछि बेन्फिकाको अग्रता ४–३ ले बन्यो । तर, ८६ औं मिनेटमा गार्सियाले गोल गर्दा बार्सिलोना ४–४ को बराबरीमा आयो भने खेल सकिनै लाग्दा इन्जुरी समयमा अन्तिममा राफिान्हाले गोल गर्दै बार्सिलोनालाई ५–४ को रोमाञ्चक जित दिलाए ।

उनी म्यान अफ द म्याच समेत बने । बार्सिलोना ७ खेलबाट १८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । बेन्फिका १० अंकका साथ १८ औं स्थानमा छ ।