१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

नेप्से परिसूचक ६९ अंकले वृद्धि

नेप्से परिसूचक ६९ अंकले वृद्धि
अ अ+ अ-

काठमाडौ । शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको । 

आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बजारले गति लिँदा लगानीकर्ता उत्साहित देखिएका छन् । त्यस्तै आज ठूला कम्पनीको मूल्यमापक सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकम समेत उल्लेख्य सुधार भएको छ । पछिल्लो समय दैनिक ५ देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको थियो

आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी  र होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आज  कारोबारमा आएका कम्पनी मध्ये मध्ये भोटेकोशीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अरुण भ्याली हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको शेयरमूल्य भने घट्ेको छ । कारोबार रकमका आधारमा ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, अपि पावर, अपर तामाकोशी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।