११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी



अ+ अ-

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण आयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् ।

चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेसनले निर्माणकार्य बिचमै अलपत्र छोडेको छ ।

उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएका हुन् । 

फाउण्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ ।