१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

केहीबेरमै सुरु हुने खेलमा नेपालले टस जितेको छ ।

टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहन्छ ।