• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण



काठमाडौँ । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गर्नुभयो । 

अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान सङ्कलन गरेर आजै काबुल पठाइएको हो । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, सङ्घसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।