७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण

सिमीकोटमा यो वर्ष पनि सडक पुग्न कठिन

सिमीकोटमा यो वर्ष पनि सडक पुग्न कठिन
अ+ अ-

हुम्ला । देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमिकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठीन देखिएको छ । 

हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका छन् । सडक विभागले निर्माण गरिरहेको झण्डै एक किमी सडकका कारण चालु आर्थिक वर्षमा पनि सिमिकोट सडक पुग्न कठीन हुने देखिएको उत्तर दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । 

सबैतिरबाट सहयोग भएमा चालु आवमा सक्ने गरी लागिएको निर्देशनालयका प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले ब्लास्ट गर्न सहयोग र स्थानीयवासीले जग्गामा सहजीकरण गर्दा मात्रै यो वर्ष सकिने देखिएको छ । 

आयोजनाले निर्माण गरिरहेको ५० किमीमध्ये ३५ किमी ट्र्याक खोलिसकेको छ भने १५ किमी ट्र्याक खोल्न बाँकी छ । कर्णाली राजमार्ग आयोजनाले काम गरिरहेकामा दुई चट्टान क्षेत्र र दुई सजिलो क्षेत्र छ । चट्टान क्षेत्रमा ट्र्याक खोल्नका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिन रहेको प्रमुख नेपालले बताउनुभयो । 

ट्र्याक खोल्न बाँकी एक किमी कठीन भूगोल रहेको छ । असाध्यै ठूला चट्टान रहेको हुँदा काममा कठीनाइ रहेको छ । आयोजनाले पनि सलिसल्ला र सिमिकोट गरी दुवैतर्फबाट निर्माणको काम गरिरहेको छ । सजिलो ठाउँ काम गरिसकिएको र अप्ठेरो ठाउँमा काम गर्न आवश्यक उपकरण र विस्फोटक पदार्थ लग्ने काम भइरहेको उहाँले बताउनुभयो । 

आयोजनाले निर्माण गरिरहेको स्थानमा विस्फोटक पदार्थ सिमिकोटदेखि ल्याएर सेनाको टोलीले काम गरिरहेको छ । अहिले सिमिकोटबाट सेनालाई हिँडेर आउनै तीन दिन लाग्छ । आयोजनाले  तयारी गरेर बोलाउँदा अहिले महिनामा दुई वटा मात्रै विस्फिोटन हुनसक्ने अवस्था रहेको प्रमुख नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “यही हिसाबले काम गर्दा यो वर्ष सकाउन पनि अप्ठेरो छ ।” 

जहाँ विस्फोटन गर्ने त्यही सेनाको टोली गएर बस्दा बल्ल यो आवमा सकिने प्रमुख नेपालले जानकारी दिनुभयो । सेना त्यहाँ नजिकै बस्दा आज विस्फोटन गरेर भोलि सफा पर्सी फेरि विस्फोटन हुनसक्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विषयमा सहजीकरण गर्न भन्दै रक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ”उताबाट त्यहीँ अनुसार निर्णय आउँदा सजिलो हुनेछ ।”  

कालिकोटको खुलालदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म १२३ किमी सडकको ट्र्याक  खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्योमध्ये ११३ किमी ट्र्याक खोलिसकेको छ भने झण्डै १० किमी ट्र्याक खोल्न बाँकी छ । सो क्षेत्रमा आगामी वैशाखसम्म सक्ने गरी सेनाले निर्माण अघि बढाइरहेको छ ।   

देशभरका अरु आयोजनामा जस्तै यो सडकमा पनि निर्माण व्यवसायीको कारण पनि ढिलाइ भइरहेको छ । निर्माणमा जति मान्छे र उपकरण चाहिने मात्रामा नलाने गरेर ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले लगानीका हिसाबले एउटा उपकरण दुर्गममा तीन÷चार लाख रुपयाँ खर्च हुने हुँदा समयमा काम गर्न खोज्दैनन् ।” 

मौसमका कारणले पनि निर्माण सजिलो नभएको प्रमुख नेपालले बताउनुभयो । हुम्लामा मौसमका कारण काम गर्न कठिनाइ रहेको छ । हिउँदमा हिउँ पर्ने हुँदा त्यो समयमा यहाँ सडक निर्माणको काम गर्न नसकिने उहाँले बताउनुभयो । त्योबाहेक एक वर्षमा काम गर्ने अवधि जम्मा पाँच छ महिना मात्रै हुन्छ । उहाँले भन्नुभयो, “एकातिर भौगोलिक कठिनाइ एकातिर हिउँपर्ने हुँदा निर्माण सम्पन्न चाँडो गर्न सकिने देखिँदैन ।” 

राजमार्गको निर्माणाधीन खण्डमा कतै नेपाली सेनाले र कतै सडक विभागले निर्माणको काम अघि बढाइरहेको छ । सडक निर्माणमा बजेटको भने समस्या नभएको निर्देशनालयले जनाएको छ । निर्देशनालयमा विगतका वर्षदखि नै बजेटको समस्या नभएको प्रमुख नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन राजमार्गमध्ये एउटामा बजेट कम हुँदा अर्को राजमार्गबाट हालेर पनि काम भइरहेको छ ।”

यो राजामर्गको उत्तरमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म कूल लम्बाइ ५३१ किमी रहेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गतका तीन राजमार्गमध्ये कर्णाली राजमार्ग पनि एक हो । लम्बाई पनि धेरै र भौगोलिक कठिनाइ भएकाले यो सडक कहिलेसम्म निर्माण सकिन्छ भनेर यकिन गरेर भन्न नसकिने जनाइएको छ । कालीगण्डकी र कोशी गरी अरु दुई राजमार्ग झण्डै चार÷पाँच वर्षमा कालोपत्र सम्पन्न गर्ने निर्देशनालयको योजना छ । 

यो राजमार्गमा त्योभन्दा बढी समय लाग्ने देखिएको छ । एउटा राजमार्गमा रु डेढ अर्ब बजेट राख्दा दुवै राजमार्ग चार÷पाँच वर्षमा लक्ष्य राख्दा पनि सम्पन्न हुने देखिएको हो । कर्णाली राजमार्गमा भने विभिन्न कठीनाइका कारण एक वर्षमा ५० किमी कालोपत्र गर्न कठिन छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखे पनि उत्तर–दक्षिण करिडोर यो वर्षसम्म सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन ।