१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण बन्न सक्ने: प्रधानमन्त्री देउवा

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण बन्न सक्ने: प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको मुख्य कारण बन्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनमा यसबाट जोगिने योजना तयार गर्नुपर्नेछ ।” भूकम्प तथा आगलागी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य अति नै जरुरी रहेको उहाँको भनाइ छ । सो जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तहले तयारी अवस्थामा रहिरहनुपर्ने प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११आँै नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशभर पटक–पटक गरी आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछाँै ।” ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उहाँको भनाइ थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता, २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरपालिकाभित्र कम क्षति भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विपद्का बेला प्रयोग हुने मानवीयका साथै भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धवारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छाँै ।” महानगरपालिकाभित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाउने भनेर नीति निर्माण गरिसकेको उहाँले बताउनुभयो । 

भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले गएको भूकम्पमा भएका क्षति र विनाशलाई मध्यनजर गरेर पूर्वतयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकव्यापी सुरक्षितका साथै प्रतिरोधी भवन निर्माणका लागि विभागले विसं २०५८ देखि कालिगडलाई तालिम प्रदान गरिरहेको छ ।”

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सन्् २०३० सम्ममा मुलुकलाई सुरक्षित बनाउनका लागि प्रशस्तै योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा हुने विभिन्न प्रकारका विपद्को पूर्वानुमानका लागि प्रविधिका साथै संंयन्त्र पनि तयार अवस्थामा अघि बढाउनेछाँै ।”

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले  जोखिम न्यूनीकरणका लागि संस्थागतका साथै व्यवस्थित काम गर्न जरुरी भएको धारणा राख्नुभयो । 

संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवाडले मुलुकका समुदायस्तरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको चेतना पु¥याउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा देखिने विपद्बारे जनचेतना जगाउनका लागि सरकारसँग सहकार्य गर्न हामी तयार छाँै ।”

यसैगरी कार्यक्रममा प्रधानमन्त्री देउवाले भूकम्पीय सुरक्षा डिजिटल प्रविधिका साथै लपु महानगरपालिकाले प्रकाशित गरेको ‘विपद् पुस्तिका’ समेत भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले भने पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर अगाडि रहेको ‘भूकम्प स्तम्भ’मा माल्यापर्णका साथै दीप प्रज्ज्वलन गरेर सो नगरमा कुनै प्रकारको विपद्को जोखिम भोग्नु नपरोस् भन्ने कामनासमेत गर्नुभयो । 

उक्त कार्यक्रममा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ भन्ने राष्ट्रिय अभ्यास कार्यान्वयनका लागि नमूना प्रदर्शनका साथै उपस्थित महानुभावहरुले सोको एकपटक पालना पनि गरेर देखाउनुभयो । रासस