७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार कट्यो
अ+ अ-

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९९७ जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।

यस्तै हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४५८ सङ्क्रमित रहेका छन् । सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा छ, वीरेन्द्रनगर होम आइसोलेसनमा २०७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा दुई, बरहाताल आइसोलेसनमा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देलेखमा २९ सङ्क्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुई, दुल्लु अस्पतालमा एक, भैरवी आइसोलेसन सेन्टरमा तीन, चामुण्डा आइसोलेसन सेन्टरमा पाँच, आठबिस आइसोलेसन सेन्टरमा १४  ठाटीकाँध आइसोलेसन सेन्टरमा चार रहेका छन् ।

जारजरकोट अस्पतालमा दुई र नलगाड आइसोलेसन सेन्टरमा तीन गरेर जाजरकोटमा पाँच सङ्क्रमित रहेका छन् । सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुई जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जना सङ्क्रमित रहेका छन् । यस्तै मुगुमा एक, डोल्पामा चार सङ्क्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ ।