१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

बढ्यो कोरोना: छैन अक्सिजनको जोहो

बढ्यो कोरोना: छैन अक्सिजनको जोहो
अ अ+ अ-

बागलुङ । अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । 

अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको जानकारी दिनुभयो । प्राविधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने अझै अनिश्चित रहेको जनाइएको छ ।

“अक्सिजन प्लान्टको प्राविधिकले काम गरी रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ ठूला सिलिण्डर भर्न सकिने उहाँको भनाइ छ ।” अक्सिजन प्लान्ट रु दुई करोड ३२ लाखको लागतमा निर्माण हुन थालेको भए पनि सरकारले बजेट भुक्तानी नगर्दा समस्या भएको उहाँको भनाइ छ । प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको डा पोखरेलले जानकारी दिनुभयो । 

सरकारले समयमै बजेट नपठाउँदा कामसमेत ढिलाइ भएको उहाँको भनाइ छ । “अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाइ भएको छ ।”  सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७०  अक्सिजन सिलिण्डर भरेर राखिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ तर त्यस प्लान्टले हाइफ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो ।

प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले गत साउनमा अस्पताल व्यवस्थापनले एक महिनाभित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।

“साउन महिनामै अस्पताल व्यवस्थापनले एक महिनामै अक्सिजन प्लान्ट निर्माण गर्छौं भनेको थियो, छ महिना बित्यो खै अहिलेसम्म बनेको रु, यसप्रति अस्पताल व्यवस्थापन र प्रशासन गम्भीर छैन”, उहाँले भन्नुभयो, “अहिले व्यवस्थापन समिति पनि छैन, प्रशासनले ध्यान दिने कुरै भएन ।”

 जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।  
  
कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टि भइसकेपछि जिल्लामा उच्च सतर्कतासमेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय स्वास्थ्य सचेतना जगाउन, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउन, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउन जुटेको छ । रासस