१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार नाघ्यो, थप ४५७ जना निको भए



अ+ अ-

काठमाण्डौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्नेको संया ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४५७ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेश १ मा ४,६००, प्रदेश २ मा १२,८०५, बागमती प्रदेशमा ३०७२, गण्डकी प्रदेशमा २९४८, प्रदेश नं ५ मा ७,८२५, कर्णाली प्रदेशमा २७९१ र सुदूरपश्चिम प्रदेशमा ६,३७० जना गरी हालसम्म जम्मा ५० हजार ४११ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार कुल संक्रमित भएका मध्ये निको हुनेको यो संख्या ७२.७ हो ।