१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर ङालाकेगु जात्रा सुरु
अ अ+ अ-

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले विधिवत्रुपमा पूजाअर्चना गरेर सुरु भएको हो ।

सूर्यमढीबाट सुरु हुने सो जात्रा  नगरभित्र करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे, चोछेँ र इच्छुमा ङालाकेगु जात्रा गरिन्छ ।

नवदुर्गा देवगणमा खिंःबाजा, तःंबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ । नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना (मायाप्रेम)सँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् ।

पौराणिक किम्वदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको सहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।

जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेँडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ । नवदुर्गा देवगणलाई प्रसाद ग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कूल स्थिर हुने जनविश्वास  छ ।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ । नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनश्रुती पाइन्छ । रासस