७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्यो, दुई महिनामा २६५ दर्ता

उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्यो, दुई महिनामा २६५ दर्ता
अ+ अ-

नारायणपुर । दाङमा जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई सय ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये साउनमा एक सय ६५ र भदौमा एक सय उद्योग दर्ता भएका छन् । पछिल्लो समय साना तथा घरेलु र मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले बताउनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वनजन्य एक सय ९४, सेवामूलक ३३, उत्पादनमूलक २१ र पर्यटन १७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा पाँच सय ९८, सेवामूलकमा ९९,उत्पादनमूलकमा एक सय एक र पर्यटनमा ४८ जनाले रोजगारी पाएको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दर्ता भएका उद्योगमा कूल रु ४९ करोड ९६ लाख ८० हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका सात सय ३१ उद्योग दर्ता भएका थिए । ती उद्योगमा करिब रु एक अर्ब २० करोड ८७ लाख ४२ हजार तीन सय २७ लगानी भएको थियो । गत वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी तीन सय ७० वटा कृषि तथा वनजन्य रहेका छन् । ती उद्योगमा करिब रु ५८ करोड ९३ लाख ४३ हजार दुई सय लगानी भएको थियो । त्यस्तै उक्त अवधिमा दर्ता भएका एक सय ५० सेवामूलक उद्योगमा रु २० करोड ५० लाख २२ हजार लगानी भएको थियो भने एक सय १९ उत्पादनमूलक उद्योगमा रु ३२ करोड ७३ लाख लगानी भएको थियो । ती उद्योगमा करिब तीन हजार जनाले रोजगारी पाएका थिए । 

प्रदेश नं ५ सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ वटा उद्योग दर्ता भएका छन् । जिल्लामा भदौ अन्तिमसम्म २४ वटा विभिन्न प्रकृतिका उद्योग निःशुल्क दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । प्रदेश सरकारले उद्योग प्रवद्र्धनका लागि दर्ता शुल्क छुट गर्ने घोषणा गरेपछि उद्योग दर्ता गर्नेहरु बढेको कार्यालय प्रमुख वलीले बताउनुभयो । जिल्लामा निःशुल्क दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २० वटा कृषि उद्योग रहेका छन् । प्रदेश नं ५ सरकारले भदौ ११ गते प्रदेशका १२ वटै जिल्लामा वाणिज्यबाहेक अन्य उद्योगको दर्तामा छुट दिने निर्णय गरेको थियो । 

जिल्लामा अहिले रु पाँच लाखदेखि रु। पाँच करोडसम्म पूँजी भएको उद्योग दर्ता गर्न सकिने कार्यालय प्रमुख वलीले बताउनुभयो । त्यसैगरी रु २० लाखदेखि ५० लाखसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु १५ हजार र रु ५० लाखदेखि एक करोडसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु २५ हजार शुल्क लाग्ने गरेकोमा अहिले निःशुल्क गरिएको जनाइएको छ ।