७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

आज भारी वर्षा हुने, भोलिदेखि मौसममा सुधार हुने

आज भारी वर्षा हुने, भोलिदेखि मौसममा सुधार हुने
अ+ अ-

काठमाडौं । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावका कारण देशभर केही दिनयता झरी परिरहेको छ । यो झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको र त्यसपछि मौसममा सुधार आउने बताइएको छ । 

भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने मौसमविद् बरुण पौडेलले बताए। अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहने र शनिबारदेखि सुदूरपश्चिमबाट क्रमशः मौसममा सुधार आउने  मौसमविद् पौडेलले बताए । आज केही स्थानमा भारी वर्षा भएपछि यसमा निरन्तर वर्षाको प्रभाव घट्दै जाने पनि उनले बताए ।  

पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ। त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ। 

नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० (असार ५) मा नेपालमा सुरु भएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो। नेपालसहित दक्षिण एसियाका लागि अंग्रेजी महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बर मनसुन अवधि हो। 

मंगलबारदेखिको निरन्तर वर्षाले मुलुकका मुख्य नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ। नारायणी नदीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले बिहीबार बिहान सबेरै नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाएको छ। सो भेगका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह बिहान ३ बजे र दिउँसो पनि मास एसएमएस पठाइएको विभागको बाढी शाखाका हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताए। 

मंगलबार देखिको निरन्तर वर्षाका कारण उत्पन्न खतराका कारण बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्ती र नवलपरासीमा सतर्क रहन भन्दै अग्रिम सूचना पठाइएको छ। कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का अन्य नदी खोलामा शुक्रबार पनि जोखिम यथावत् रहेको पौडेलेको भनाइ छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारयता देशभर वर्षा भएको जनाएको छ। पछिल्लो २४ घण्टामा (बिहीबार साँझसम्म) सबैभन्दा धेरै भैरहवामा १०३.९ मिलिमिटर वर्षा भएको छ। सिमरामा ८०, विराटनगरमा ७४.७, पोखरामा ६९.५, काठमाडौंमा ५९.९ मिलिमिटर र अन्यत्र पनि दिनभर मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।