७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई
अ+ अ-

कास्की । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुने भएको छ । छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको रोटरीले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो । रोटरीले वर्ष सन् २०१९/२० का लागि स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु प्रोत्साहन गर्ने उद्देश्यले जनही रु पाँच लाखका दरले सो पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने पुरस्कार इञ्जीनियर सुरेन्द्र गोविन्द जोशीले आफ्नो र श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गर्नुभएको हो । उनी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन्। ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार वर्ष सन् २०१९/२० का लागि प्रत्येक प्रदेशका एक/एक जना गरी सात पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले बताए। सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

सो अवार्डबाट आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका वन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल पुरस्कृत हुने भएको छ । प्रदेशअन्तर्गत विनु तिमिल्सिना, श्याम बन्जारा, कमला हमाल, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी आचार्य, भीमबहादुर सिंह र उन्नति चौधरीलाई प्रदान गरिने भएको रोटरी इन्टरनेशनलले जनाएको छ ।