७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

महामारीको समयमा सामाजिक द्वन्द निम्त्याउने सक्ने तर्फ सचेत रहन सांसदहरुको आग्रह

महामारीको समयमा सामाजिक द्वन्द निम्त्याउने सक्ने तर्फ सचेत रहन सांसदहरुको आग्रह
अ+ अ-

काठमाडौं । महामारीको समयमा सञ्चार समुन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुले आग्रह गरेका छन ।

कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको र त्यसले सामाजिक द्वन्द निम्त्याउने सक्ने तर्फ सचेत रहन सांसदहरुले अगह गरेका हुन । संसदको महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसद विन्दा पाण्डेले कोरोना महामारी सम्बन्धि कतिपय विषयहरुमा विज्ञहरुकै कुरा बाँझिनु राम्रो नभएको बताउनुभयो । आम जनता दोधारमा पर्नेगरी विज्ञहरुलाई आफ्नो धारणा सार्वजनिक नगर्न उहाँले आग्रह गर्नुभयो । यहाँले जनचेतनामुलक सन्देश सम्प्रेषण गर्दा समेत आम जनबोलीमा प्रयोग हुने शब्द प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

सांसद विद्या भट्टराईले कोरोनाबाट सिमान्तकृत, विपन्न र राज्यको पहुँबाट टाढा रहेका नागरिकहरु बढी प्रभावित भएको बताउनुभयो । प्रभावित क्षेत्रलाई राज्यको मूलधारमा ल्याउन नसके सामाजिक द्वन्द सिजर्ना हुने खतरा रहेको उहाँले बताउनुभयो ।

सांसद लक्ष्मी परियारले गर्भवति, सुत्केरी महिला र नवजात शिशु महामारीले प्रभावित भएको बताउनुभयो । लक डाउने जीविकोपार्जन हुने अवस्था नभएकोले भोली भोकमरीको अवस्था सिर्जना हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । चाडबाड नजिकिँदै गर्दा खाद्यान्नको मूल्य आकासिएको भन्दै यसलाई सहज बनाउने तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा सहभागि विज्ञ डा. युवराज लुईंटेलले महामारीले सामाजिक, आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावबाट बाहिर निस्किन जरुरी रहेको बताउनुभयो । समाजमा बन्दाबन्दीले नाकारत्मक धारणाको विकास हुने डर रहेको उहाँले बताउनुभयो ।

छलफलमा सहभागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले महामारीको प्रभावलाई मध्यनजर गर्दै लक्षित समूहका लागि छुट्टाछुट्टै फोकल पर्सन तोकिएको बताउनुभयो । समस्यामा परेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु समस्या सम्बन्धित फोकल पर्सनले सम्बोधनका लागि सम्बन्धित क्षेत्र र व्यक्तिसँग सहजिकरण गर्ने गरेको बताउनुभयो ।

समितिले महिला, बालबालिका, जेष्ठ नागरिक र फरक रुपले सबल व्यक्तिहको पीसीआर परीक्षण कार्यलाई प्राथगमिकता दिन तथा वैकल्पिक रुपमा विशेष व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिर्नेशन दिएको छ । महामारीको अवस्थामा संयमित र सभ्य व्यवहारलाई स्थिर राख्नका लागि थप प्रभावकारी कदम चाल्न कोभिड १९ ले समाजमा पारेको प्रभावको तत्काल अध्ययन, अनुसन्धान गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । यस्तै महामारी सम्बोधन गर्न कानूनी÷नीतिगत÷रणनीतिगत उवं संयन्त्रगत व्यवस्था नभएकाले सो कुराको सम्बोधन का लागि विशेष ध्यान दिन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले महामारी सम्बन्धि तथ्यगत सूचना सम्पे्रषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।