७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

गुर्जो कस्तो वनस्पति हो ? के यसले कोरोना निको हुन्छ ?

गुर्जो कस्तो वनस्पति हो ? के यसले कोरोना निको हुन्छ ?
अ+ अ-

काठमाडौँ । यतिखेर नेपाल र भारतका कैयौँ शहरमा गुर्जाेको प्रयोगका कथाहरु आइरहन्छन् । गाउँबाट शहर पस्ने जोकसैलाई पनि कोशेलीका रुपमा गुर्जाे ल्याइ आउनु भन्ने अनुरोध जान्छ ।

नेपालमा पनि गाउँघरतिरबाट काठमाडौं आउनेहरुले कोशेलीका रुपमा गुर्जाे ल्याइदिने गरेका छन् । अनि शहरकै पनि काँठतिरका बासिन्दा जंगल पुगेर गुर्जाे बोकेर ल्याउने गरेका समाचार र दृश्यसहितका तस्विरहरु फेसबकुमा राख्ने गरेको देखिन्छ । 

गएको चैत महिनामा कोरोना महामारीले नेपाल र भारतलाई एकै पटक छोपेपछि एकाएक गुर्जाेको चर्चा शुरु भएको हो । भारतीय योगगुरु तथा पतञ्जलि आयुर्वेद केन्द्रका प्रवर्तक बाबा रामदेवले र बालकृष्णले कोरोनाबाट बच्नका लगि यो वनस्पतिको प्रयोग गर्नुपर्ने भनेर भारतीय टिभी च्यानलबाट दिएपछि एकाएक गुर्जाेको चर्चा चुलिएको हो ।  

गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो ।

मानव स्वास्थ्यमा गुर्जोको फाइदा

आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

गुर्जोमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।

कोरोनालाई गुर्जाेका फाइदा 
 
यसरी गुर्जाे मानिसको इम्युनिटी पावर रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्न यसले सहयोग गर्छ । कोरोनाबाट बच्नका लागि पनि मानिसलाई रोग प्रतिरोधी शक्ति नै बढी चाहिने भएकोले यसको प्रयोगबाट कोरोनाका संक्रमितलाई फाइदा हुने देखिन्छ । जुनकुरा नेपालका आयुर्वेदका विज्ञहरुले पनि स्वीकार गरेका छन् । 

जैविक विविधता विज्ञ यादव उप्रेती भन्नु हुन्छ, गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंला जत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरौं ।

गुर्जाेको खेती गर्ने तरिका
यो जस्तोसुकै माटोमा पनि हुर्कन सक्छ । खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ । डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गर्न सकिन्छ । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ । यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ । 

पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ । यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन् । यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ ।