१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि



अ+ अ-

काठमाडौं । स्पेनी सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।

गएराति साउदी अरेबियामा भएको फाइनल खेलमा रियललाई ५-२ गोलले हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।

खेलको पाँचौ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।

३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ ले अघि बढाए । ३९ औं मिनेटमा राफिन्हाले तथा खेलको इन्जुरी समयमा अलेजान्ड्रो ब्लेडले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलले अग्रता दिलाए ।

यस्तै, ४८ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलिका लागि पाँचौ गोल गरे ।

६० औं मिनेटमा रोड्रीगोले गोल गर्दा रियल २-५ गोलको अवस्थामा आयो । त्यसपछि दुबै टोलिबाट थप गोल हुन सकेन र बार्सिलोना विजयी बन्यो । ५६ औं मिनेटमा बार्सिलोनाका ओसेज सेज्नीले रातो कार्ड खाएका थिए ।

बार्सिलोनाको यो सर्वाधिक पन्ध्रौं उपाधि हो । रियलले १३ औं पटक उपाधि जितेको छ ।