७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

चीनले दियो खुशीको खबर, यसैवर्ष कोरोनाको खोप उत्पादन हुने

चीनले दियो खुशीको खबर, यसैवर्ष कोरोनाको खोप उत्पादन हुने
अ+ अ-

काठमाडौं । कोरोना महामारीले विश्वमा त्रास फैलिएका बेला चीनले खुशीको खबर दिएको छ । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । 

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ । 

विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ सङ्क्रमितमध्ये करीव १० लाख मानिसको मृत्यु भइसकेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, “चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड  मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को बर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।”

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भन्नुभयो, “चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।”  “अहिले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको छ,” वुले भन्नुभयो । 
उहाँले थप्नुभयो, “हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।” 

चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयम्सेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दावी चीनको छ ।

“अहिलेसम्म कोविड आपतकालिन खोप कार्यक्रममा सबै सहभागीमा गम्भीर प्रतिकूल प्रतिक्रिया देखाएको छैन,” चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले उक्त अवसरमा भन्नुभयो । उहाँले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताउनुभयो । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उहाँले बताउनुभयो । रासस