• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

मतदानमार्फत प्रदेश नं २ को नाम र राजधानीको टुङ्गो लगाइने



दलीय सहमति जुट्न नसकेपछि प्रदेश नं २ नाम र राजधानी मतदानबाट टुङ्गो लगाइने भएको छ । दलहरुबीच प्रदेको नाम र राजधानीका सम्बन्धमा पुरानै अडानमा रहेकाले मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो ।

दलीय सहमतिका लागि प्रदेशको नामका लागि चार र राजधानीका लागि तीनवटा प्रस्ताव राखिएको थियो । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले ती प्रस्तावमा सहमति जुट्न नसकेपछि आइतबार प्रदेशसभामा प्रतिवेदन पेस गरिसकेको छ । 

आज सोमबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा राजधानी तथा नामकरणसम्बन्धीका प्रस्तावमाथि जारी छलफलपछि मतदानमार्फत राजधानी टुङ्गो लगाइने बताइएको छ । 

प्रतिवेदनमा राजधानीका लागि जनकपुरका लागि एउटा, वीरगञ्जआसपाससहितको क्षेत्रलाई एउटा र अर्को वीरगञ्ज उपमहानगरपालिकालाई मात्र गरी प्रस्ताव पेस गरिएको छ । 

छलफलमा मधेश केन्द्रित दलहरु जसपा, लोसपा तथा माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् । नेपाली कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडानमा छन् । 

प्रदेशको नामकरणका लागि प्रदेशसभामा दुई तिहाइ मत आवश्यक रहेको अवस्थामा दलहरुको अडानले दुई तिहाइ पुग्ने सम्भावन कम रहेको देखिन्छ । सभामुखसहित १०४ सदस्य रहेको प्रदेशसभामा दुई तिहाइ सङ्ख्या पुर्‍याउन कम्तिमा ७० सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका आठ गरी ६३ सदस्य रहेका छन् । यसरी प्रदेशको नाम मधेश नाम राख्न पनि कम्तीमा सात मत नपुग्ने देखिएको छ ।