१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

मतदानमार्फत प्रदेश नं २ को नाम र राजधानीको टुङ्गो लगाइने

मतदानमार्फत प्रदेश नं २ को नाम र राजधानीको टुङ्गो लगाइने
अ अ+ अ-

दलीय सहमति जुट्न नसकेपछि प्रदेश नं २ नाम र राजधानी मतदानबाट टुङ्गो लगाइने भएको छ । दलहरुबीच प्रदेको नाम र राजधानीका सम्बन्धमा पुरानै अडानमा रहेकाले मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो ।

दलीय सहमतिका लागि प्रदेशको नामका लागि चार र राजधानीका लागि तीनवटा प्रस्ताव राखिएको थियो । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले ती प्रस्तावमा सहमति जुट्न नसकेपछि आइतबार प्रदेशसभामा प्रतिवेदन पेस गरिसकेको छ । 

आज सोमबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा राजधानी तथा नामकरणसम्बन्धीका प्रस्तावमाथि जारी छलफलपछि मतदानमार्फत राजधानी टुङ्गो लगाइने बताइएको छ । 

प्रतिवेदनमा राजधानीका लागि जनकपुरका लागि एउटा, वीरगञ्जआसपाससहितको क्षेत्रलाई एउटा र अर्को वीरगञ्ज उपमहानगरपालिकालाई मात्र गरी प्रस्ताव पेस गरिएको छ । 

छलफलमा मधेश केन्द्रित दलहरु जसपा, लोसपा तथा माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् । नेपाली कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडानमा छन् । 

प्रदेशको नामकरणका लागि प्रदेशसभामा दुई तिहाइ मत आवश्यक रहेको अवस्थामा दलहरुको अडानले दुई तिहाइ पुग्ने सम्भावन कम रहेको देखिन्छ । सभामुखसहित १०४ सदस्य रहेको प्रदेशसभामा दुई तिहाइ सङ्ख्या पुर्‍याउन कम्तिमा ७० सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका आठ गरी ६३ सदस्य रहेका छन् । यसरी प्रदेशको नाम मधेश नाम राख्न पनि कम्तीमा सात मत नपुग्ने देखिएको छ ।