काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन समेत रहेकी शाहलाई शुक्रबार कोरोना पुष्टि भएको हो ।
चार दिनदेखि ज्वरो आउने र खोकी लाग्ने समस्या देखापरेपछि डा. सिंहले कोरोना परीक्षण गराएकी थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि डा. सिंह होम आइसोलेसनमा बसेकी छिन्।
आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूसँग सम्पर्कमा आएका सबैलाई लक्षण देखिए परीक्षण गर्न पनि उनले आग्रह गरेकी छिन्।











