१५ श्रावण २०८३, शुक्रबार
,
Latest
बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि दक्ष जनशक्तिहरु नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताउनु भयो । उहाँले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा संप्रेषण गर्न नहुने बताउनु भयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यति ठूलो जनशक्ति तपाईंहरु देशभित्रै हुनुहुन्छ । देशभित्र पनि एउटा आत्मविश्वासका साथ रहनुभएको छ । सबै एक सय एक क्षमता भएको व्यक्ति हुनुहुन्छ । विदेश नै गएर बस्नसक्ने क्षमता राख्नुहुन्छ । तर यही ठाउँमा उभिएर यहाँकै नयाँँ पुस्तालाई सहजता प्रदान गरौँ भन्ने अठोट राख्नुभएको छ । अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रुपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रुपमा अघि बढाएका छौँ । त्यसका राम्रा र नराम्रा पाटा मूल्यांकन र समीक्षाको विषय हो ।

हामी त्यसलाई ठिक बाटो तय गर्नेछौँ । तर नकारात्मक भाष्य मात्रै संप्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रुपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन । यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ । त्यो पनि देशको विकासका लागि आवश्यक छ । देशभित्र बस्ने अठोट, देशभित्र बस्नका निम्ति आस्था सञ्चार गर्ने अठोट लिनुपर्छ । ’

पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताउनु भयो