२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने पिएसएलको डायमन्ड क्याटेगोरी ड्राफ्टमा



file photo: can
अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को खेलाडी ड्राफ्टअन्तर्गत डायमन्ड क्याटेगोरीमा परेका छन् ।

पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट सूचीमा सन्दीप डायमन्ड क्याटेगोरीमा रहेका हुन् ।

यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए । सोमबार सार्वजनिक भएको ड्राफ्ट सूचीमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए ।

पिएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पिएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।

यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए । तर, अघिल्लो संस्करणमा नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।