२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गर्नुभएको थियो ।

सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले अध्यक्ष घिमिरेले सात दिनभित्र आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन आदेश गरेको थियो । अध्यक्ष घिमिरेले बारका तर्फबाट लिखित जवाफ पेस गरिसक्नुभएको छ ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना गरेको उल्लेख गरिएको थियो ।