२४ पुष २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह मधेशविरूद्ध कुशल भुर्तेलको अर्धशतक भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु भुलेर पनि तुलसी नजिक नराख्नुस् यो चिज, नत्र घरको सबै धन हानी हुनेछ ! चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला अस्ट्रेलियाका ओपनर कोन्स्टासले भने-बुमराहलाई उक्साउनु मेरो गल्ती थियो मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति



अ+ अ-

सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।