२४ पुष २०८१, बुधबार
,
Latest
अस्ट्रेलियाका ओपनर कोन्स्टासले भने-बुमराहलाई उक्साउनु मेरो गल्ती थियो मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा राप्तीमा ४१ गोही छोडियो एलिट कपः गुल्शनको ५ विकेटमा १२९ रनमै रोकियो मधेस इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द त्रैमासिक समीक्षाः आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पः स्युचाटारमा घरको छतबाट हामफल्दा एकजना घाईते



symbolic picture of EARTHQUAKE
अ+ अ-

काठमाडौं । मंगलबार बिहान भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् ।

काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ । उनको अहिले उपचार भईरहेको छ ।

यस्तै, बाराको कलैया देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उनीहरुको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा पनि केहि घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको गएको थियो । सो भूकम्पको धक्का नेपालका बागमती, कोशी र  मधेश प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।