४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव डा. सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. नम्रता सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका तत्कालीन सचिव डा. सिंहसहित ८ जना र कृषि फार्म प्रा.लि. विशेष अदालत काठमाडौँ मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको पाइएको छ । सचिव सिंहविरुद्ध एक करोड बिगो माग दाबी गरिएको छ ।

pdf ciaa