२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः आर्मीले पुलिसलाई १ सय ७२ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत त्रिभुवन आर्मी क्लबले पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ।

दोस्रो इनिङ सुरू गरेको आर्मीले टी ब्रेकसम्म पुग्दा अलआउट हुँदै १७५ रन बनाएको छ। योसँगै आर्मीले १७१ रनको अग्रता कायम गर्दै पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको हो ।

आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे। तृतराज दासले ३४ रन बनाए।

पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए।

आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।