३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने



अ+ अ-

क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । 

कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ । 

शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था पनि नभएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ । 

डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताउनुभयो । 

क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरुमा झण्डै एक लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार मात्र व्यक्तिले मात्र रोजगारी पाउनेछन् । 

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वल्र्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोनाभाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ दुई लाख ५ हजार ७७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।