१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी

आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी
अ अ+ अ-

काठमाडौँ । सरकारले संसदको आगामी (हिउँदे) अधिवेशनमा ३० वटा विधेयक पारित गर्नेगरी काम अघि बढाएको छ ।

अहिले संसदमा १९ वटा विधेयकहरु रहेका छन् । जसमा केही विधेयकहरु सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम शुरु गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनु भयो । संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुई वटा र अर्थ सम्बन्धी केही विधेयकहरु गरी ११र१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको जानकारी दिनुभयो ।

प्रमुख सचेतक घिमिरेले संसदको अधिवेशन सकिएपछि सांसदहरु जिल्ला जाने र संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले विधेयकमाथिको छलफल समयमा नसकिँदा प्रदेश र स्थानीय सरकारलाई थप कानून निर्माण गर्न समस्या आइरहेको अवस्थालाई मध्यनजर गरेर सरकारमा रहेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले संसदमा विचाराधिन विधेयकमा सहमति जुटाउन संयन्त्र समेत बनाएको छ । संयन्त्रले समितिबाट विधेयक चाँडो पास गर्नका लागि सांसदहरुसँग छलफल गरेर काम अघि बढाइरहेको बताउनु भयो । समितिको बैठकमा एउटै विषयलाई लामो समयसम्म छलफल चलिरहने तर निस्कर्षमा नपुग्ने समस्या रहेको बताउनु भयो । समितिका बैठकमा सक्रियतापूर्वक सांसदहरुको सहभागिता पनि कम देखिनुले विचाराधिन विधेयक पास हुन नसकेको बताउनु भयो । २ वर्षमा १७ वटा विधेयक मात्रै पारित हुनु दुखद् भएको बताउनु भयो । १७ वटामा ६ वटा विधेयक बजेटसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसद सकिएपछि सांसदहरु जिल्ला जाने, त्यसले सांसदहरुको अनुपस्थितिले गर्दा संसदीय समितिमा कोरम नपुग्ने एउटा समस्या भयो । अर्को भनेको समितिको बैठकमा एउटै विषयलाई लामो समयसम्म छलफल भइराख्ने, तर निस्कर्षमा नपुग्ने समस्या छ । तेस्रो भनेको समितिका बैठकमा सक्रियतापूर्वक सांसदहरुको सहभागिता पनि कम देखियो । यसले गर्दा हामीले अहिले संयन्त्रबाट के भन्यौँ भने अहिलेसम्म २ वर्षमा १७ वटा विधेयक जम्मा पारित भएको छ । यो असाध्यै कमजोर अवस्था हो । १७ वटामा ६ वटा भनेको अर्थसँग सम्बन्धित छ । बजेटसँग सम्बन्धित विधेयकहरु हुन् जो पास गर्नैपर्छ । नगरेदेखि मुलुक नै चल्दैन । वास्तवमा ११ वटा मात्रै विधेयक पारित भएका रहेछन् । विधेयक निर्माणको प्रक्रिया असाध्यै ढिलो भयो र यसले गर्दा स्थानीय तह र प्रदेश सरकारलाई समेत नयाँ कानूनहरु निर्माण गर्न अफ्ठ्यारो भयो । त्यसले गर्दा हामीले यो विधेयक निर्माणको प्रक्रिया जसले २०७२ सालको संविधानलाई पूर्ण रुपले कार्यान्वयन गर्नको लागि मद्दत पु¥याओस् । त्यो प्रक्रियालाई तिब्र गतिले अघि बढाउनुपर्छ, यसको लागि हामीले एउटा संयन्त्रको निर्माण ग¥यौँ । त्यो संयन्त्र बनेपछि हामीले लगातार बैठक बसिरहेका छौँ । विधेयकहरु कुन अवस्थामा छ र त्यसलाई चाँडो पास गर्न के गर्नुपर्छ, के बाधा छ भन्नेबारेमा जानकारी लियौँ । विधेयक निर्माणको प्रक्रियालाई तिब्रताका साथ अघि बढाउने कुरामा हामी छौँ । अहिले १९ वटा विधेयक संसदमा छन् । त्यसमध्ये १५ वटा विधेयक संसदीय समितिमा र ४ वटा विधेयक राष्ट्रिय सभामा छ । यो १९ वटै विधेयक पारित गर्दै सरकारले अरु ११÷१२ वटा विधेयक अरु दिन्छु भनेको छ । लगभग ३० वटा विधेयक यो आउने सत्रबाट पास गर्ने लक्ष्य छ ।’

संसदमा विचाराधिन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाब नदिने पनि स्पष्ट पार्नुभयो । प्रमुख सचेतक घिमिरेले समितिले नै सहमति गरेर ल्याउने तर संयन्त्रले कुनै हस्तक्षेप नगर्ने बताउनु भयो । संयन्त्रले विधेयकहरु छिटो पास गर्न समिति र सांसदहरुलाई उत्साहित गर्ने उल्लेख गर्नुभयो । कुनैपनि विषयमा अल्झिएर लामो समयसम्म विधेयक बसेको खण्डमा त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा भने संयन्त्रले सहजीकरण र समन्वय गर्ने बताउनु भयो । सहमति जुट्न नसकेर वा विमतिको नाममा लामो समय अड्काएर राखेको खण्डमा भने लोकतान्त्रिक विधि र माध्यमबाट विधेयक टुंग्याइने बताउनु भयो ।

‘उहाँहरु आफैँले सहमति गरेर ल्याउनुहुन्छ, हामीले त्यसमा कुनैपनि किसिमको हस्तक्षेप गर्दैनौँ । हामी उहाँहरुलाई चाँडो गर्नमात्र प्रोत्साहित गर्दछौँ । कुनै सवालमा अल्झिएर लामो समयसम्म बसिरहेको छ, कुनै विषयवस्तुको निरुपण हुन सकिरहेको छैन, त्यसैमा उल्झनहरु देखियो भने त्यो उल्झनहरु कसरी समाधान गर्ने रु भन्नेकुरामा हामीले फ्यासिलिट गर्ने हो । हामीले सहजीकरण गर्ने हो । हामीले समन्वय गरिदिने हो । हामीले विधेयक निर्माणको प्रक्रियामा हस्तक्षेप भने गर्दैनौँ । लोकतन्त्रमा सकेसम्म सहमति जुटाउने हो, सहमति जुट्दै जुटेन भने विमतिको नाममा लामो समय प्रक्रिया अड्काएर राख्न मिल्दैन, त्यसलाई कुनै न कुनै लोकतान्त्रिक बाटोबाट, विधि र माध्यमबाट टुंग्याएर अघि बढ्नुपर्ने हुन्छ ।’

प्रमुख सचेतक घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको कमी नहुने पनि स्पष्ट पार्नुभयो । हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्नसके ठूलो उपलब्धि हुने बताउनु भयो । पुस अन्तिमसम्ममा संसद अधिवेशन आह्वान हुने विश्वास व्यक्त गर्नुभयो ।