१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस
अ अ+ अ-

मकवानपुर । राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष पेस गरेको छ । आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानको धारा २९४ (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरिएको हो ।

आयोगले सातवटा परिच्छेद र छ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदनमा बुझाएको हो । जसमा आयोगको परिचय, दलितको हकहित र अधिकारसम्बन्धी व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशा लगायतका विषय समेटिएको छ ।

छुवाछूत भेद्भाव प्रथाको सुरुवात र त्यसको अन्त्यका लागि कानुनी व्यवस्थामा नेपालमा जातीय भेद्भाव तथा छुवाछूत प्रथाको सुरुवात, अन्तर्राष्ट्रिय कानुनमा छुवाछूत तथा भेद्भावविरुद्धको व्यवस्था, नेपालको संविधान तथा कानुनमा दलित हकहितसम्बन्धी भएका व्यवस्था, जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि ऐन, कानुनमार्फत भएका राज्यका प्रयासहरु, अन्य ऐन कानुनमा भएका दलित अधिकारसम्बन्धी व्यवस्था, जातीय भेद्भाव अन्त्यका लागि सरकारका लोकप्रिय घोषणा तथा दलित लक्षित कार्यक्रमलाई उल्लेख गरिएको छ ।

संविधान, ऐन, कानुनमार्फत जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका विभेद्, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितिकरण र हिंसालाई संवैधानिक र कानुनी रुपमा अन्त्य गर्दै सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउन सरकारले लिएको नीति तथा तत्परतालाई प्रतिवेदनले समेटेको प्रवक्त पुर्कुटीले बताउनुभयो ।

राष्ट्रिय जनगणना, २०७८ मा दलित समुदायको सङ्ख्यात्मक अवस्थाको विवरण, वित्तीय संस्थाको पहुँचबाट टाढा रहँदा भोग्नु परेको पीडा, मानव विकास सूचाङ्क, वार्षिक आय, शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा अझै पनि दलित समुदाय पछाडि नै परेको उहाँले बताउनुभयो ।

नेपालको संविधानले छुवाछुत तथा सबै किसिमका विभेद्को अन्त्य गर्दै समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने र समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सबै संरचनामा दलित समुदायको प्रतिनिधित्वको सुनिश्चिता गरेको छ । संविधानका मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत समुदायको तथा भेद्भाव विरुद्धको हक र धारा ४० मा दलितको हकको व्यवस्था छ । धारा २४ को प्रावधानलाई कार्यान्वयन गर्न जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भाव ९कसूर सजाय ऐन० २०६८ समेत लागू भएको छ ।

यसका साथै संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ । सरकारले मानवअधिकारसम्बन्धी विभिन्न प्रतिबद्धतासमेत गरेको छ । तर, यी प्रावधानलाई कार्यान्वयन गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक नीति, कानुन, रणनीतिक योजना र कार्यक्रम तथा बजेटको कमी रहेको उहाँले बताउनुभयो ।

आयोगले पहिलो वार्षिक प्रतिवेदन २०७८ कात्तिक ११ गते, दोस्रो २०७९ मङ्सिर २५ गते, तेस्रो २०८० फागुन २३ गते गते पेस गरिसकेको भए पनि त्यस उपर सुनुवाइ नभएको भन्दै आयोगमा प्रवक्ता पुर्कुटीले अबको सरकारले यसमा ध्यान दिने अपेक्षा प्रकट गर्नुभयो । राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशको कूल जनसङ्ख्या ६१ लाख १६ हजार आठ सय ६६ जनामध्ये दलितको जनसङ्ख्या तीन लाख ५९ हजार पाँच सय ११ जना रहेका छन् । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले दलितको सवालमाथि सकारात्मक सन्देश कार्यन्वयनमा ल्याउनका लागि सरकारलाई प्रेरित गर्ने बताउनुभयो ।