१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताउनुभएको छ ।

आईतवार संघीय निजामती सेवा विधेयकका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको प्रशासनिक नेतृत्वलाई सुधार्न निजामती विधेयकमा गम्भिरताका साथ काम गनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको बताउनु भयो ।

पछिल्लो समय ठूला ओहोदाको कर्मचारीले राज्य र सरकारले बनाएका ऐनहरुलाई नै चुनौति दिन थालेको बताउनु भयो । उहाँले हेटौँडाको मैलव औद्योगिक क्षेत्रको उदाहरण दिँदै सरकारका नीतिगत निर्णयमा समेत सचिव तहका कर्मचारीहरु वाधक बनिरहेको बताउनु भयो । उहाँले सरकारले गौरवको परियोजनाको रुपमा अघि सारेको उद्योगको सञ्चालनको निर्णयमा वन सचिवले टिप्पणी उठाएर सरकारलाई चुनौति दिइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निजामती विधेयकमा हामीले गम्भिरताका साथ केही कामहरु गर्नुपर्छ । नेपालमा हाम्रो लागि यो एउटा अपर्चुनिटी पनि हो । मुलुकमा एउटा राजनीतिक प्रशासन र अर्को निजामती प्रशासनलाई सुधार्न आवश्यक छ । निजामति प्रशासनले हरेक बिजनेशको लिड गर्छ । निर्णय गर्छ । राजनीतिक नेतृत्वले नीतिगत निर्णयबाट मात्र काम गर्छ । तर आज राजनीतिक नतेृत्व प्रशासनिक प्रशासनिक नेतृत्वबाट आक्रान्त भएर बसेको छ । एउटा सचिवले चाहँदाखेरि कतिसम्मको अपm्ठयारो सिर्जना गर्नसक्दो रहेछ भन्नेकुरा केही दिन अगाडिको एउटा निर्णय छ । २०७३ सालमा केपी ओलीज्यु प्रधानमन्त्री भएको बेलामा सरकारले एउटा निर्णय गर्यो । हेटौँडाको औद्योगिक क्षेत्र घोषणा ग¥यो । मैलव औद्योगिक क्षेत्रमा सरकारले बजेट नीति तथा कार्यक्रममा राख्यो । संसदले पारित ग¥योे । संसदले पारित गरेको नीति तथा कार्यक्रम ऐनसरह लागू हुन्छ । त्यो योजना ८ वर्षदेखि अघि बढिरहेको थियो । अहिलेका एक जना वन सचिवले सचिवस्तरीय निर्णय गरेर त्यो औद्योगिक क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्ने कारणले गर्दा र अर्को समेत उद्योग रहेको टिप्पणी गरेर उद्योग मन्त्रालयमा पठाइदियो । नेपाल सरकारले घोषणा गरेको गौरवको परियोजनामा एक सचिवले सरकारलाई र सरकारले बनाएको ऐन र नीतिलाई च्यालेन्ज गर्छ समस्या यहाँनिर हो । आज मुख्य पदमा सचिव बहाल हुँदहुँदै विभिन्न संस्थामा जागरि खान राजीनामा दिएर जान्छन् । अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जान्छन् । त्यो गम्भिर छ । ’

उहाँले कर्मचारी प्रशासनको सुधार नभएकै कारणले अहिले राज्यको प्रमुख प्रशासनिक क्षेत्रमा बहाल हुँदाहुँदै अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जानु गम्भिर विषय भएको बताउनु भयो । अहिले संघीय निजामति सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ ।