२२ मंसिर २०८२, सोमबार
,
Latest
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी टेस्टमा भारत अष्ट्रेलियासँग ६ विकेटले पराजितः १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी गुमायो



अ+ अ-

काठमाडौँ । सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै भारतीय टोली बोर्डर–गावस्कर ट्रफीमा ३–१ ले पराजित भयो ।

अष्ट्रेलियाले १० वर्षपछि यो सिरिजमा भारतलाई हराएको हो । यसअघि सन् २०१४-१५ सिजनमा एमएस धोनीको कप्तानीमा भारतबाट अष्ट्रेलियाले सिरिज खोसेको थियो ।

आइतबार खेलको तेस्रो दिन भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे । यी दुई बाहेक उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो ।

यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो । यसरी भारतले पहिलो इनिङ्समा ४ रनको अग्रता लिएको थियो ।

भारत डब्लुटीसी फाइनलको दौडबाट बाहिर, अष्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा

यस पराजयपछि भारतीय टोली (५०.००%) विश्व टेस्ट च्याम्पियनसिपको वर्तमान चक्रमा फाइनलको दौडबाट बाहिरिएको छ भने अस्ट्रेलिया (६३.७३%) लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाले अब विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।