२४ पुष २०८१, बुधबार
,
Latest
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द सूर्यदर्शन सहकारी बचत अपचलनः प्रतिवादीहरूको थुनछेक बहस जारी पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए एमाले र माओवादीको केन्द्रीय समिति बैठक : आफू ‘ठीक’, अरु सच्चिनुपर्ने ! तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना सहकारीमा प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व



अ+ अ-

काठमाडौं: सपना बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २७औं साधारण सभाले प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।

यसैगरी संस्थाको उपाध्यक्षमा उमेशचन्द्र सापकोटा, कोषाध्यक्षमा मणिराज शाक्य, सचिवमा कमला लामा तामाङ, सदस्यहरुमा सुरेश शाक्य, डिभा डंगोल र रामप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । लेखा सुपरीवेक्षण समित तर्फ चिरिञ्जीवि घिमिरे संयोजक तथा प्रदीप बहादुर प्रधान र राधिका खतिवडा सदस्यमा चुनिनु भएको छ ।

यसअघि सम्पन्न साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व. २०८१–८२ को अनुमानित बजेट, लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको थियो ।

संस्थाले आबद्ध सदस्यहरुको आर्थिक स्तरवृद्धिमा सघाउने, व्यापार व्यवसायमा लगानी बढाउन सदस्यहरुलाई प्रोत्साहन गर्ने, उत्पादनमूलक क्षेत्रमा सदस्यहरुलाई मद्दत गर्ने, सामूहिक जमानीमा लघुवित्त कर्जा लगानी गर्न प्रोत्साहित गर्ने तथा दैनिक निक्षेप बचत तथा अनिवार्य मासिक निक्षेपका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

त्यस अवसरमा शिवपुरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रा युनिका गौतमलाई रु. १५ हजार राशिको छात्रवृत्ति प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा करिब १५ करोड निक्षेप परिचालन गरेको संस्थाले करिब रु. ११ करोड ४६ लाख बैंक तथा वित्तीय संस्था एवं व्यक्तिलाई कर्जा लगानी गरेको संस्थाले जनाएको छ ।